Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


ताप्लेजुङमा एमालेबाट योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस


3.8k
Shares

ताप्लेजुङ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले ताप्लेजुङबाट पाँच जनाको नाम सिफारिस गरेको छ।

एमाले जिल्ला कमिटीको शनिबार बसेको बैठकले पार्टी उपसचिव योगेश भट्टराईसहित केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ तथा भीमादेवी ओझाको नाम सिफारिस गरेको हो।

२०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका भट्टराई पुनः सिफारिसमा परेका हुन्। तिलकुमार मेन्याङ्बो हाल कोशी प्रदेशसभा सदस्य छन्। भीमादेवी ओझा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख हुन् भने टङ्क आङ्बुहाङ पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुन्। क्षितिज थेबे राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष हुन्।

यता, नेपाली कांग्रेसले ताप्लेजुङबाट जिल्ला सभापति गजेन्द्र तुम्याहाङको एकल नाम सिफारिस गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्री (पराग) लाई उम्मेदवारका रूपमा अघि सारेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलगायत अन्य दलहरूले भने प्रत्यक्षतर्फका उम्मेदवारको नाम हालसम्म सिफारिस गरिसकेका छैनन्।