काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तोकिएकै मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
शनिवार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निष्पक्ष र धाँधलीरहित ढंगले समयमै निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको हो । सो अवसरमा मन्त्री खरेलले निर्वाचनमा युवा नेता र नेतृत्व चयन गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले मुलुक परिवर्तनको बाटोमा अघि बढेको जिकिर गर्दै त्यसलाई अघि बढाउन पनि युवाहरुलाई निर्वाचनमा चयन गर्नुपर्ने बताउनु भयो । मन्त्री खरेलले भन्नुभयो,चुनाव फागुन २१ मा हुँदैछ । यो चुनावमा यहाँहरु सबैलाई म आग्रह गर्न चाहन्छु–कृपया यस पटक हामीले गल्ती नगरौ । राम्रो नेता, राम्रो नेतृत्व हामीले ल्याउन जरुरी छ । यसतर्फ यहाँहरुलाई सफलता मिलोस् ।
म यो शुभकामना दिन चाहन्छु । अब मुलुक परिवर्तनको बाटोमा अघि बढ्दैछ । अब युवा पुस्ता राजनीतिमा आउँदैछ । आउनु पर्छ । र देशको अनुहार बदलिदैछ । यो बदलिने कुरामा यहाँहरु सबैको साथ सरकारले राखेको छ ।
र यो सरकार समयमै चुनाव गराउने कुराहरुमा निष्पक्ष निर्वाचन गराउने कुरामा, धाँधलीरहित निर्वाचन गराउने कुरामा प्रतिवद्ध रहेको कुरा यहाँहरुलाई अनुरोध गर्दछु ।’ मन्त्री खरेलले सरकारले जेन–जी आन्दोलनको मर्म अनुसार मुलुकलाई भ्रष्टाचारमुक्त गराउने काममा लागि परेको दाबी समेत गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्