Logo २० पुस २०८२, आइतबार | Sun Jan 4 2026


लमजुङबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस


1.6k
Shares

काठमाडौं । नेकपा एमाले लमजुङ जिल्ला कमिटीले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको छ।

शनिबार सम्पन्न जिल्ला कमिटीको बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दै गुरुङसँगै जमिन्द्रमान घले, कृष्णप्रसाद अधिकारी, धनन्जय दवाडी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो।

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ लमजुङबाट निर्वाचित भएका थिए।