एजेन्सी ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई नयाँ सैन्य प्रमुखको रूपमा नियुक्त गर्नु भएको छ ।
युक्रेनमा ख्याति कमाएका ३९ वर्षीय बुडानोभलाई सन् २०२२ मा युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेदेखि रुसविरुद्ध भएका साहसी आक्रमणको शृंखलाको श्रेय जान्छ । द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा सम्झौताको ‘९० प्रतिशत’ तयारी पूरा भएको राष्ट्रपति जेलेन्स्कीले बुधबार घोषणा गरेका थिए ।
जेलेन्स्कीले भने, “यस समयमा युक्रेनले सुरक्षा मुद्दा, देशको भूगोलको रक्षा र सुरक्षा बलको विकास र वार्ताको कूटनीतिक मार्गमा बढी ध्यान केन्द्रित गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको छ । नियुक्त भएपछि बुडानोभले येरमाकको राजीनामापछि खालि रहेको राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा भएको यो सबैभन्दा घातक चार वर्ष लामो द्वन्द्वले दसौँ हजार मानिसको ज्यान लिएको छ र युक्रेनी भूभाग ध्वस्त पारेको छ ।





प्रतिक्रिया दिनुहोस्