Logo १९ पुस २०८२, शनिबार | Sat Jan 3 2026


तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


91
Shares

काठमाडौं ।

देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रहनेछ । बाँकी पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भागका धेरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

विभागले राति कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भागका धेरै स्थानमा हुस्सु लाग्नेछ ।