Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


विकास आयोजनालाई सहजीकरण गर्न सरकार तत्पर: मन्त्री चौलागाईं


52
Shares

काठमाडाैं। अन्तरिम सरकारका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले विकास आयोजनाहरुलाई सहजीकरण गर्न अहिलेको सरकार तत्पर रहेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसकाे बारेमा सरकारका हालैका काम कारबाहीले पनि संकत गर्ने बताउनुभयो । उहाँले विगतमा विभिन्न कारणले हेलचेक्र्याई गरिएका, जनताप्रति उत्तरदायी नभएर गरिएका योजनाहरुबाट जनताले धेरै दुःख पाइरहेको बताउनुभएकाे छ। विगतको सिकाईबाट अहिले नागरिकले पाउने सेवामा सहजता प्रदान गरिरहेको उहाँको दावी छ ।

मन्त्री चौलागाईले अनावश्यक झै-झगडाबाट मुक्त हुने र सरकारलाई सुशासित बनाउने अहिलेको सरकारको म्याण्डेट रहेको बताउनुभयो ।