Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक सानेपामा जारी

बैठकमा महाधिवेशन विवादको बारेमा छलफल गरिंदै

858
Shares

काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक अहिले जारी रहेकाे छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा हाल बैठक जारी रहेकाे हो । महाधिवेशन सम्बन्धी जारी विवादकाबीच यो बैठक महत्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस अघि बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि पार्टीभित्र तनाव बढेको छ।

साेही सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो । बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए। संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ । उनीहरुले विशेष महाधिवेशन पक्षधरहरूले विधान रक्षा गर्न विशेष अधिवेशन आवश्यक रहेको तर्क गरिरहेका छन् ।

बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको हाे । पार्टीभित्रको यो विवादले आगामी निर्वाचनअघि कांग्रेसको नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।