Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


विधान अनुसार अघि बढ्दा पार्टी नफुट्ने महामन्त्री शर्माकाे दावी

पार्टी फुट्छ कि भनेर आशंका नगर्न समेत कार्यकर्तासँग आग्रह

130
Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधान अनुसार अघि बढ्दा पार्टी विभाजित नहुने दावी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको हो । उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो । उहाँले वर्तमान राष्ट्रिय परिस्थितिमा काँग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भएता पनि महाधिवेशन गर्न नसकिएको बताउनुभएकाे छ।

महामन्त्री शर्माले निर्वाचन अघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताउनुभयो। कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन्।