Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


सुनचाँदीकाे मूल्य हालसम्मकै उच्च बिन्दुमा

सुन प्रतितोला कतिमा हुँदैछ काराेबार ?

156
Shares

काठमाडाैं। नेपाली बजारमा विगत केही दिनदेखि गिरावट आएको सुनचाँदीको मूल्य शुक्रबार फेरि बढेको छ ।

सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो । मूल्यमा आएको वृद्धिपछि सुनको मूल्य शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत सोमबार सुनको मूल्य प्रतितोला ७ हजार नौसय रुपैयाँले घटेको थियो। सुन मंगलबार तोलामा ६ सय रुपैयाँ घटेको थियो । गत आइतबार भने सुनको मूल्य प्रतितोला २ लाख ७० हजार ६ सय पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै महँगो हो।

त्यसैगरी चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला १ सय १० रुपैयाँले बढेर ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।