Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


नवौं एनभीए भलिबलमा महिलातर्फ पुलिस क्लब र न्यु डायमण्ड युथ क्लब फाइनलमा प्रवेश


208
Shares

काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोट्र्स युथ क्लब फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा शुक्रबार भएकाे सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लब र विभागीय टोली एपीएफलाई पराजित गर्दै न्यु डायमण्ड फाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–१ को सेटमा पराजित गरेकाे छ। खेलमा पुलिस २५–१२, २९–३१, २५–१४ र २५–१८ ले विजयी भएको हो।

त्यस्तै, शुक्रबार नै भएको पहिलो सेमिफाइनल खेलमा न्यु डाइमन्डले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलमा न्यु डाइमन्डले २५–१७, २५–२० र २५–७ ले खेल आफ्नो पक्षमा पारेकाे छ । पुलिस क्लब र न्यु डायमण्डबीचको फाइनल खेल शनिबार हुने भलिबल संघले जनाएको हाे।