Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


विशेष महाधिवेशनकाे अब विकल्प छैन: महाधिवेशन पक्षधर (विज्ञप्तिसहित)


429
Shares

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको छ ।

काठमाडाैंमा शुक्रबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएका हुन् । साेही सम्मेलनमा नेता सुवास पोखरेलले कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य विकल्प नै नभएकाे बताउनुभएकाे छ । विधानको बाध्यकारी व्यवस्था भएकाे उहाँकाे भनाइ थियाे।

नेता पोखरेलले केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गरोस् भन्ने माग आफूहरूको रहेको समेत बताउनुभयाे। एकता र विश्वास एकैपटक जगाउन समेत उहाँले आग्रह गर्नुभएकाे छ।