Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


युक्रेनी सेनाले रूसमा ड्रोन आक्रमण गर्दा २४ जनाको मृत्यु, ५० घाइते


1.2k
Shares

एजेन्सी। युक्रेनले सेनाले रुसकाे खेरसनको एक क्याफे र होटलमा ३ वटा ड्रोनबाट आक्रमण गर्दा २४ जनाको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी अन्य ५० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरूले बताएका हुन् । खेरसन क्षेत्रका प्रमुख भ्लादिमिर साल्डोले टेलिग्राममा एक पोस्ट गर्दै नागरिकहरू नयाँ वर्ष मनाउन भेला भएकाे समयमा साेही आक्रमण भएको बताउनुभएकाे छ।

प्रमुख साल्डोले एउटा ड्रोनमा प्रज्वलनशील मिश्रण रहेको र त्यसले घटनास्थलमा भीषण आगलागी गराएको उल्लेख गर्नुभयो ।