काठमाडाैं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बिजनेस क्लासको टिकटमा नेपाल आउनेहरुलाई सोहीअनुसारको सेवा सुविधा अध्यागमनमा दिनुपर्ने बताउनुभएको छ ।
विदेशी यात्रुले तिरेको प्रिमियमअनुसारको सुविधा अध्यागमनमा नपाएको गुनासाहरु आएको भन्दै उहाँले सोही अनुसारको सेवा सुविधा दिन सरकारसँग आग्रह गर्नुभएकाे हाे। प्रिमियम तिरेका यात्रुलाई सोही अनुसारको सेवा नदिंदा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जाने र त्यसले पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष असर पारिरहेको हुने उहाँकाे भनाइ छ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विदेशी पाहुनाको आगमन, बसाई तथा गतिविधि सम्बन्धी सूचनालाई अध्यागमन विभागले आधुनिक प्रविधिमार्फत अभिलेखीकरण गर्नु राम्रो भएको बताउनुभयो । यसले नेपाल सुरक्षित र सहज गन्तव्य हो भन्ने आधार निर्माण गरेको छ । जोशीका अनुसार सन् २०२५ मा नेपालमा ११ लाख ६० हजार पर्यटकको आगमन भएको छ । पूर्वाधारको अवस्था सुधारिँदै गए र सेवा सुविधा सहज बन्दै गएमा पर्यटक संख्या २५ लाख हुँदै ५० लाखसम्म पुग्ने देखिन्छ । पर्यटक संख्या उल्लेख्य रूपमा बढ्दै जाँदा सुरक्षाका दृष्टिले पनि अभिलेख राख्नु अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार पर्यटकको नाममा अपराधिक मानसिकता लिएर आउने व्यक्तिहरूको निगरानी गर्न सके यस्ता गतिविधि नियन्त्रण गर्न सजिलो हुने भएकाे हाे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उता, वरिष्ठ उपाध्यक्ष, सरोज सिटौलाले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार हवाई मात्रै नभई सडक, यातायात सुरक्षित भए वाह्य मात्र नभई आन्तरिक आन्तरिक पर्यटनसमेत बढ्नेछ । धेरै मानिसको पहुँच सार्वजनिक यातायातमा रहेकाले यसको सुधारले समग्र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँको विश्वास छ।
वरिष्ठ उपाध्यक्ष सिटौलाले टिकट प्रणालीलाई कडाइका साथ लागू गर्न जरुरी रहेकाे बताउनुभयाे।





प्रतिक्रिया दिनुहोस्