Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


चलचित्र विकास बोर्डका नीति र दीर्घकालीन योजनामा मन्त्रालयको समन्वय आवश्यकः सचिव अर्याल


117
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र उद्योग मुलुकको अर्थतन्त्र, पहिचानसँग जोडिएको भन्दै चलचित्र विकास बोर्डका नीति कार्यक्रम र दीर्घकालीन योजनाहरुमा मन्त्रालयले बोर्डसँगको समन्वयमा अघि बढ्नुपर्ने बताउनुभएको छ।

सिंहदरबारमा बिहीबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोर्डलाई कार्यक्षेत्रका हिसाबले पूर्ण रुपमा स्वायत्तता प्रदान गरिएको भएता पनि दीर्घकालीन योजना, वार्षिक कार्यक्रम र बजेट स्वीकृत गर्ने सम्बन्धमा मन्त्रालयसँग साझेदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले चलचित्रले इतिहास र कथा मात्र बोल्न नहुने भन्दै मुलुकको आर्थिक समृद्धिको सारथी बन्नुपर्नेमा जोड दिनुभएकाे छ।

बैठकमा उपस्थित सांसदहरुले ऐतिहासिक तथा साँस्कृतिक सम्पदा झल्काउने चलचित्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।