Logo १२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026


विमानस्थलको ढोका बन्द गरेर मात्रै युवा पलायन रोक्न सकिंदैनः महानिर्देशक तिवारी

सरकारको नीतिगत समस्याका कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी

260
Shares

काठमाडाैं। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले सरकारको नीतिगत समस्याको कारण बढ्दो युवा पलायन रोक्न नसकेको टिप्पणी गर्नुभएको छ।

काठमाडाैंमा बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । पछिल्ला २० वर्षमा विदेश जाने प्रक्रियामा नियन्त्रण गर्ने प्रयास भएपनि त्यसले अपेक्षित परिणाम दिन नसकेको उहाँको भनाइ छ । उहाँले विमानस्थलको ढोका थुनेर मात्र बढ्दो विदेश पलायन रोक्न नसकिने उल्लेख गर्दै राज्यले स्टार्टअप लगायतका क्षेत्रमा सहयोग गर्न जरुरी रहेको बताउनुभयो । उहाँले अध्यागमन नीतिमा बारम्बार बुँदा फेरबदल हुँदा लागत मात्र बढेको र अध्यागमन प्रणालीको समग्र ‘इकोसिस्टम’ ले लय गुमाएको समेत बताउनुभयो ।

महानिर्देशक तिवारीले सरोकारवाला निकायहरुले विदेशी नागरिकहरुले नेपालमा रहँदा गर्ने क्रियाकलापकाे बारेमा ध्यान नदिएको कारण मुलुकको सांस्कृति र तथा शान्ती सुव्यवस्था खल्बलिएको बताउनुभएकाे छ।