काठमाडौं। प्रहरीले काठमाडौंबाट नक्कली नोटसहित ६ जना पक्राउ गरेकाे छ ।
गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोट सहित शंखरापुर नगरपालिका-४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-२ घर भएका ३२ वर्षीय दावा नोर्वु शेर्पासहित ६ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त टोलीले बुधबार राति उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेकाे हाे । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंका गरिएको प्रहरीले जनाएको छ ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्