Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


सुनसरीको लौकही बजार तनावग्रस्त, प्रहरीद्वारा अश्रु ग्यास प्रहार


1k
Shares

काठमाडाैं ।

सशस्त्र प्रहरी बलको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

कोशी प्रदेशका डीआईजी विनोद घिमिरेका अनुसार स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरिएको हो । “अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको छ,” उनले बताए ।

घटना बिहीबार बिहान करिब १ बजे कोशी गाउँपालिका–१ मा भएको हो । तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

साह भारतीय क्षेत्रबाट चिनी, सर्फ र सुर्ती लगायतका सामग्री ल्याउँदै गरेको बताइएको छ । घर नजिकै उनीमाथि गोली प्रहार भएको र उनलाई दुई राउण्ड गोली लागेको जनाइएको छ ।