Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


समुद्रमुनिको केबल चुडाल्ने पानी जहाज चालक दल नियन्त्रणमा


195
Shares

काठमाडौं ।
फिनल्याण्डलार्ई इस्टोनियासँग जोड्ने समुद्रमुनिको एउटा महत्वपूर्ण दूरसञ्चार केबलमा क्षति पुगेपछि फिनल्याण्डले एउटा पानी जहाज र त्यसको चालक दललाई नियन्त्रणमा लिएको छ ।

केबलमा क्षति पु¥याएको आशंका गरिएको जहाज फिनल्याण्डको समुद्रमा फेला परेको प्रहरीले बताएको छ । केबल क्षतिग्रस्त ठाउँ भने इस्टोनियाको समुद्री षेत्रमा पर्दछ ।

फिटबर्ग नामको यो जहाज क्यारेबियन मुलुक ‘सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स’को झण्डा भएको कार्गो जहाज हो । फिनिश प्रहरीका अनुसार पानी जहाजका चालक दलका सबै १४ सदस्यहरूलाई हिरासतमा राखिएको छ । उनीहरु रूस, जर्जिया, काजाकिस्तान र अजरबैजानका नागरिक हुन् ।

हालैका वर्षहरूमा यस्ता घटनाहरू बारम्बार भइरहेका छन् । क्षतिग्रस्त केबल फिनिश राजधानी हेलसिंकी र इस्टोनियाको राजधानी तालिनलाई जोड्ने कबेल भएको बताईएको छ ।