Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधनमा तीन दिने राजकीय शोक घोषणा


429
Shares

एजेन्सी ।
बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनको शोकमा बुधवारदेखि शुक्रवारसम्म तीन दिने राजकीय शोकको घोषणा गरेको छ ।

बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी)की अध्यक्ष समेत रहनुभएकी ८० वर्षीया जियाको मंगलवार बिहान ढाकामा उपचारका क्रममा निधन भएको हो ।

उहाँ लामो समयदेखि मुटु र फोक्सो सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो । सन् १९९१ मा देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभएकी जिया सन् २००१ मा पुनः प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।

भ्रष्टाचारको अभियोगमा सन् २०१८ मा कारागार चलान गरिनुभएकी उहाँलाई सन् २०२४ अगस्टमा राष्ट्रपतिको कार्यालयले रिहा गरेको थियो ।