काठमाडौँ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण तराईका अधिकांश स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहँदा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो र राति पनि तराईका केही स्थानमा हुस्सु रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
हुस्सु तथा हल्का वर्षा–हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।





प्रतिक्रिया दिनुहोस्