Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


मुलुक निर्वाचनमय हुँदैछः उपसभापति अर्याल


130
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्ताे बताउनुभएकाे हाे। उहाँले सरकार, राजनीतिक दल र निर्वाचन आयोग लगायतका सम्वद्ध पक्षका कारण मुलुक निर्वाचनतर्फ केन्दित भएको समेत उहाँले बताउनुभयाे। उहाँले मुलुकलाई निर्वाचनतर्फ केन्द्रित गर्न सफल भएको भन्दै सरकारप्रति आभार समेत व्यक्त गर्नुभएकाे छ । उहाँले कृषि, पर्यटन उद्योग, ऊर्जा र सूचना प्रविधि जस्ता क्षेत्रहरुमा लगानी गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि बताउनुभयो ।

उपसभापति अर्यालले मुलुकको आर्थिक विकासका लागि कर्मचारीतन्त्रको सुदृढिकरणमा जोड दिनुपर्ने आवश्यक्ता समेत औंल्याउनुभएकाे छ । कर र व्यापारका नियमहरुलाई सहज बनाउन सके मुलुकमा बाध्य लगानी भित्र्याउन सकिने समेत उहाँले बताउनुभयो।