Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


मुलुक निर्वाचनमय भएको सञ्चारमन्त्री खरेलको दावी

अब निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्याेलता हटेको जिकिर

65
Shares

काठमाडाैं। अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको दावी गर्नुभएको छ।

काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले शीर्ष नेताहरुको कार्यक्रममा चहलपहल र उपस्थिति नै देश निर्वाचनमय भएको उदाहरण भएको जिकिर गर्नुभयो । उहाँले अन्तरिम सरकारको म्याण्डेट नै आगामी फागुन २१ गते निर्वाचन गराउनु रहेको बताउनुभएकाे छ । उहाँले अब निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्याेलता हटेको समेत बताउनुभयो ।

मन्त्री खरेलले पछिल्लो २० वर्षको इतिहासकै सबै भन्दा बढी भ्रष्टाचारका मुद्दा अदालतमा दर्ता भएको पहिलो पटक भएको समेत दावी गर्नुभएकाे छ ।