काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ।
राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचनको सामना गर्नसक्ने आँट सबै भन्दा ठूलो कुरा भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताउनुभएकाे छ। सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उहाँको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला र हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्