Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


२ महिनाभित्र विमानस्थलको सेवा सुधार गर्न मन्त्री सिन्हाको निर्देशन


221
Shares

काठमाडाैं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विमानस्थलको सेवा सुधार गर्न निर्देशन दिनुभएको छ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २७ औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा मन्त्री सिन्हाले यस्ताे निर्देशन दिनुभएकाे हाे । हरेक दिन यात्रुहरुले विमानस्थलमा समस्या व्योहोरिरहेको भन्दै विमानस्थलको सेवा सुधार गर्न उहाँले निर्देशन दिनुभयाे। उहाँले सामान्य यात्रुको हैसियतले आफूले पटक–पटक काठमाडौंसहित विभिन्न विमानस्थलको यात्रा गरेको अनुभव सुनाउदै विमानस्थल प्रवेशदेखि बाहिर निस्किंदासम्म यात्रुले सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले विमानस्थलमा दिने सेवाको गुणस्तरको सुधार देखावटी र कस्मेटिक मात्र भएको उल्लेख गर्नुभएकाे छ। उहाँले दुई महिनाभित्र सेवा सुधार गर्न कर्मचारीहरुलाई नर्देशन समेत दिनुभयो । आफू चुनावी सरकारको मन्त्री भएकोले काम गर्ने समय धेरै रहेको उल्लेख गर्दै उहाँले दुई महिनाभित्रमा विमानस्थलको सेवामा सुधार ल्याउन निर्देशन दिनुभयो।

साना कुराहरु मात्रै सुधार गर्नसके पनि ठूलो उपलब्धि हासिल गर्न बसकिने उहाँको भनाइ छ । उहाँले कुनै बहानाबाजी नगरिकन सुधारको काम थाल्न निर्देशन दिनुभयाे। उहाँले काम गर्नको लागि २ महिनाको समय पर्याप्त भएको पनि बताउनुभएकाे छ । मन्त्री सिन्हाले क्यानको लेखा प्रणालीप्रति पनि असन्तुष्टि जनाउनुभयो । क्यानको सम्पत्ति र खर्चको स्पष्ट अभिलेखन आफूले पाउन नसकेको उहाँको तर्क छ। उहाँले लेखा प्रणाली तत्काल सुदृढ गर्न निर्देशन दिनुभयो । उहाँले पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा क्यानले ठोस कार्ययोजना ल्याउन नसकेकोमा पनि असन्तुष्टी जनाउनुभएकाे छ।

पोखरा विमानस्थलमा हिमालयन एयरलाइन्सको एउटा विमान अवतरण हुँदा ताली बजाउने मात्रै काम भएको उहाँको भनाइ छ । काठमाडौं बाहेक अन्य विमानस्थलसँग आन्तरिक तथा अन्तर्राष्ट्रिय अन्तरआवद्धता कसरी बढाउने भन्ने विषयमा ठोस पहल गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री सिन्हाले नेपालगञ्ज र विराटनगरका विमानस्थलहरु उद्घाटनको तयारी रहेको सुनेको उल्लेख गर्दै ती विमानस्थलले लगानी उठाउने वातावरण छ कि छैन भन्दै प्रश्न गर्नुभयो ।

मन्त्री सिन्हाले भौगोलिक कारणले पनि नेपालमा विमान यात्रा विलासिताको नभएर अनिवार्यता भएकोले यसको गुणत्मक सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनुभएकाे छ।