Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


निर्वाचनका लागि चालु बजेटबाटै स्रोत जुट्छः अर्थमन्त्री खनाल


143
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुन २१ गते हुने निर्वाचनमा चालु बजेटबाटै खर्च जुट्ने बताउनभुएको छ।

काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर निर्वाचनमा खर्च जुटाएको बताउनुभएकाे हाे। उहाँका अनुसार करिब १ सय २० अर्ब तयारी पूरा नभएका आयोजनाहरुको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताउनुभयो । ती आयोजना मध्ये केहीमा टेण्डर भएका र हुने क्रममा रहेका आयोजनाहरुको भने फुकुवा गरिएको छ।

फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले निर्वाचन र पुनर्निमाणको काम गर्नेछ । अर्थमन्त्री खनालका अनुसार चुनावमा भारत र चीनको सहयोग लिइँदैछ । छिमेकी देशहरुले खुला दिलले सहयोग गर्ने बताएकाले भारतर चीनबाट चुनावमा सहयोग लिन लागिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरु भारत र चीनले दिँदैछन् ।

उहाँले ४-५ अर्ब बराबरको भेइकल र इकुमेन्टहरु भारत-चीनबाट चुनावका लागि सहयोग लिइएको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले निर्वाचनमा नेताहरुले विकासका आश्वासन बाडेर जित्दा योजनाहरुमा बजेट पार्न आयोगमा दबाब आउने गरेको बताउनुभयो । उहाँका अनुसार भोटरहरुलाई अनेक आश्वासन दिने र निर्वाचन जितेपछि पूर्वतयारी बिनाका आयोजनाहरुमा बजेट छुट्याउन दबाब आउने गरेको छ।

उपाध्यक्ष श्रेष्ठले स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा पनि रिफर्म जरुरी बताउनुभयाे।