Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता


442
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) बीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन् । काठमाडाैंमा बुधबार एक कार्यक्रमकाबीच दुवै पार्टीका अध्यक्षहरू लिङदेन र थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरेका छन् । यसअघि यहि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गर्नुभएको थियो ।४ वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू एकीकृत गर्ने अपेक्षा गरिएको छ।