Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


६५ लाख बढी रकमसहित एक युवक पक्राउ


962
Shares

काठमाडाैं। दाङका एक युवकलाई चाेरी गरेको ६५ लाख १७ हजार रकमसहित प्रहरीले पक्राउ गरेको छ।

तुलसीपुर उपमहनगरपालिका-६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले पक्राउ गरेको हो । केसीको घरमा खोजतलासी गर्दा स्रोत नखुलेको साेही रकम बरामद गरिएको प्रहरीले बताएकाे छ। केसी सोमबार राति मात्र काठमाडौंबाट घर फर्किएका थिए । उनले चोरी गरिरहेको सिसिटिभी फुटेज कैदका आधारमा उनको घरमा खोजतलासी गर्दा उक्त रकम बरामद भएको प्रहरीले बताएकाे छ।

काठमाडौंको विशालनगरमा रहेको डिसहोम फाइबरनेटका सञ्चालकको घरबाट चोरी गरिरहेको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएपछि प्रहरीले निजको घर यकिन गरी रातभरी निगरानी गरेको थियाे। केसीलाई मंगलबार सोही रकमसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका केसीका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।