Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


रवि र बालेन लक्षित कांग्रेसको टिप्पणीः ‘देश जलाउने लुसिफर र ठगी गर्नेसँग डर छैन’

गत भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर

299
Shares

काठमाडाैं। नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ।

काठमाडौंमा मंगलबार मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो । उहाँले देश जलाउने लुसिफर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले ठगी गरेर लाेकप्रियताको खेती गर्नेहरुसँग खासै डर नरहेको बताउनुभयो । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च अदालत, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौं धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उहाँको भनाइ छ। उहाँले यो नेपालमा पटक-पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताउनुभयो ।

नेता विश्वकर्माले गत भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गर्नुभयो ।