काठमाडाैं। नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति लक्षित गर्दै देश जलाउने लुसिफरहरुबाट आफूहरुमाथि खतरा नरहेको टिप्पणी गर्नुभएको छ।
काठमाडौंमा मंगलबार मदन-आश्रित प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले समाजमा खतरा दुष्टको धृष्टताबाट नभइ सज्जनको निषेधबाट हुने जिकिर गर्नुभयो । उहाँले देश जलाउने लुसिफर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै उहाँले ठगी गरेर लाेकप्रियताको खेती गर्नेहरुसँग खासै डर नरहेको बताउनुभयो । विभिन्न नाटकको रुपमा गएर सिंहदरबार जलाउने, संसद भवन, सर्वोच्च अदालत, नेपालका लोकतन्त्रका लागि संघर्ष गरेका अनेकौं धरोहरहरु जलाउनेहरुबाट पनि त्यत्ति डर नरहेको र यो क्षणिक हुने उहाँको भनाइ छ। उहाँले यो नेपालमा पटक-पटक गरेको क्रान्ति, संघर्ष र आन्दोलनबाट प्राप्त गरेको उपलब्धिको समूल नष्ट गर्ने कुनै कुनाबाट चालेको अभियान भएको बताउनुभयो ।
नेता विश्वकर्माले गत भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नभएको जिकिर गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्