काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले नेकपा एमाले र नेपाली कांग्रेसबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले यस्ताे बताउनुभएकाे हाे। मुलुकमा निर्वाचनको माहौल खडा भइरहेकाे समयमा उहाँले कांग्रेस र एमालेबीच तत्काल सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेकाे बताउनुभयाे।
उहाँले मुलुकमा संकटमा फसेको उल्लेख गर्दै त्यसलाई निकास दिन कांग्रेस–एमाले मोर्चाबन्दी कसेर अघि बढ्न ढिलाई गर्न नहुने बताउनुभएकाे छ। संसद पुनःस्थापना गरेर वा निर्वाचनमा गएर कांग्रेस र एमालेले प्रतिगमनकारीहरुलाई परास्त गर्दै मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा उहाँको जाेड छ। उपाध्यक्ष थापाले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँढेर सहकार्यका साथ अघि बढन सक्ने धारणा समेत राख्नुभयो ।
उपाध्यक्ष थापाले गत भदौ २३ र २४ गते मुलुकमा प्रतिक्रान्ति भएको र देश गम्भिर संकटमा फसेको जिकीर गर्दै त्यसको निदान कांग्रेस-एमालेले मिलेर मात्रै दिनसक्ने समेत बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्