काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ।
काठमाडौंमा मंगलबार तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्लेख गर्नुभयो । उहाँले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताउनुभएकाे छ।
आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशैभरी बन्दै गएको उहाँले बताउनुभयो । राजनीतिक दलहरुकातर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको उहाँले बताउनुभएकाे छ।
प्रधानमन्त्री कार्कीले सरकारले शान्ति-सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने समेत दावी गर्नुभयाे।





प्रतिक्रिया दिनुहोस्