Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


युवाले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसरः प्रधानमन्त्री कार्की

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशैभरी बन्दै गएको तर्क

143
Shares

काठमाडाैं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार तमु ल्होसारका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहे जस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको उल्लेख गर्नुभयो । उहाँले यसको मुख्य आधार स्वच्छ र निष्पक्ष निर्वाचन नै भएको बताउनुभएकाे छ।

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशैभरी बन्दै गएको उहाँले बताउनुभयो । राजनीतिक दलहरुकातर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेश हुनुले पनि निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरिएको उहाँले बताउनुभएकाे छ।

प्रधानमन्त्री कार्कीले सरकारले शान्ति-सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने समेत दावी गर्नुभयाे।