Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


देशमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्ष-प्रश्न यथावत: नेता ज्ञवाली

लाेकप्रियताकाे आधारमा मुलुकलाई अघि बढाउन सकिंदैन

455
Shares

काठमाडाैं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीहरुको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ भन्ने यक्ष प्रश्न यथावत रहेको उहाँकाे भनाइ छ। नेता ज्ञवालीले आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएता पनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरुले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकी रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकीर समेत गर्नुभयो ।

नेता ज्ञवालीले लाेकप्रियताकाे आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पार्नुभएकाे छ।