Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


घट्यो सुनको मूल्य


1.8k
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो । आज सुनकाे मूल्य प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।