Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


काठमाडाैंबाट १२ जना पक्राउ


728
Shares

काठमाडौं ।
राजधानी काठमाडाैं चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दु:ख दिने र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । लुटपाट र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका व्यक्तिहरूले सो क्षेत्रमा हिँडडुल गर्ने पर्यटक तथा सर्वसाधारणलाई बलजफती गर्ने, विभिन्न प्रलोभनमा पारी लुटपाट गर्ने, अनावश्यक दुस्ख हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ । यस्ता उजुरी र सूचनाका आधारमा प्रहरीले विशेष निगरानी बढाई उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरूमा २८ वर्षीय अमृत खड्का, १९ वर्षीय अकलेश साह, ३१ वर्षीय दिनेश पटेल, १९ वर्षीय सुजन तामाङ, २२ वर्षीय प्रविन ओली, १९ वर्षीय रोजन तामाङ, २१ वर्षीय जितेन्द्र सिंह विक, २५ वर्षीय रोशनी राई, २६ वर्षीय तीर्थ राजवंशी, रचना मगर, २१ वर्षीय जेनिसा थापा र ३० वर्षीय संगिता तामाङ रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट म्याद थप गरी उनीहरूमाथि अहिले विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुपति क्षेत्र र विमानस्थल आसपासका यी संवेदनशील इलाकाहरूमा सुरक्षा व्यवस्था थप कडा पारिएको समेत जानकारी दिइएको छ ।