Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन


416
Shares

काठमाडौं ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि बिरामी रहनुभएकी जियाको आज बिहान उपचारका क्रममा निधन भएको हो । उहाँ विगत २० दिनदेखि भेन्टिलेटरमा उपचाररत हुनुहुन्थ्यो ।

खालिदा जिया विगत केही वर्षदेखि छातीको संक्रमण, कलेजो, मिर्गौला, मधुमेह, बाथ र आँखा सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म गरी दुई पटक बंगलादेशको प्रधानमन्त्री बन्नुभएकी जिया पूर्व राष्ट्रपति जिया–उर–रहमानकी पत्नी हुनुहुन्थ्यामे ।

उहाँ बंगलादेशको इतिहासमा पहिलो महिला प्रधानमन्त्री समेत हुनुहुन्थ्यो । उहाँका जेठा छोरा एवं बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान सन् २००८ देखि लन्डनमा बस्दै आएका थिए ।

तारिक अघिल्लो साता मात्र बंगलादेश फर्किनुभएको थियो । जियाको निधनसँगै बंगलादेशले एक प्रभावशाली राजनीतिक व्यक्तित्व गुमाएको छ ।