Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कर्मचारी प्रशासनमा हस्तक्षेप, ७ सचिवहरूको सरुवा

गृहमा सुधार गर्दै आइरहेका सचिव हटाइए

208
Shares

काठमाडौं ।

सरकारले गृह प्रशासनमा व्यापक सुधार गर्दै आइरहेका सचिव रामेश्वर दंगाललाई ३ महिनाभित्रै हटाएको छ । दंगालसहित ७ सचिवको सरुवा गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा खरानी बनेको गृह मन्त्रालयमा व्यापक सुधार गर्दै गृह प्रशासनको मनोबल उच्च राख्न अहोरात्र खट्दै आइरहेका गृह सचिव रामेश्वर दंगाललाई लोकसेवा आयोगमा सरुवा गरिएको छ ।

दंगाललाई यही सरकारले नै गृहसचिवमा ल्याएको थियो । गृह प्रशासन सुधारमा व्यापक अभियान थालेका सचिव दंगाललाई हटाउँदा सरकार आलोचित बन्न पुगेको छ ।

दंगाल निजामती प्रशासनमा निकै इमानदार, कर्तव्यनिष्ठ र क्षमतावान सचिवको रूपमा परिचित हुनुहुन्छ । सरकारले गृह मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरेको छ । लोकसेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ ।

श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने राष्ट्रपति कार्यालयका सचिव दीपक काफ्लेलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

यसै गरी युवा मन्त्रालयका सचिव हरि लम्साललाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ भने उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई युवा मन्त्रालयमा सरुवा गरिएको छ । नेपाल समाचारपत्रबाट