Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


अमेरिकाले गर्‍याे राष्ट्रसंघको सहयोग कटौती


858
Shares

काठमाडौं ।

अमेरिकाले संयुक्त राष्ट्रसंघको कोषलाई दिंदै आएको सहयोग रकम भारी मात्रामा कटौती गरेको छ ।

राष्ट्रसंघलाई दिंदै आएको सहयोग रकम मध्ये १५ अर्ब डलर कटौती गरिएको घोषणा ट्रम्प प्रशासनले गरेको हो । अब अमेरिकाले राष्ट्रसंघलाई केवल दुई अर्ब डलर मात्रै सहयोग दिने छ ।

अमेरिकी बजेट कटौतीले संयुक्त राष्ट्रसंघका सयौं कार्यक्रमहरु प्रभावित हुने भएका छन् । अमेरिकाले यूएनलाई वार्षिक करिब १७ अर्ब डलर आर्थिक सहयोग गर्दै आएको थियो ।

त्यस मध्ये १० अर्ब डलर स्वेच्छिक योगदानका रूपमा र बाँकी रकम सदस्यता शुल्कका रूपमा दिंदै आएको थियो । अमेरिकासंगै युरोपेली देशहरुले पनि राष्ट्रसंघीय कोषमा गर्ने सहयोग कटौती गर्न थालेका छन् ।

यसबाट मानवीय सहयोग र खाशगरी भोकमरी जस्ता कार्यक्रमहरु नराम्रोसंग प्रभावित हुने छन् । अमेरिकाले कोष रोक्ने भएपछि राष्ट्रसंघीय एजेन्सीहरूले कर्मचारी कटौती गर्नुपर्ने छ ।