एजेन्सी । गाजा क्षेत्रमा आएको भीषण आँधीका कारण एक बालकसहित २ जनाको मृत्यु भएकाे छ।
स्थानीय नागरिक सुरक्षा निकायले ७ वर्षीय बालक इनारमा खसेर मृत्यु भएकाे जनाएकाे हाे। करिब ३० वर्षीया महिलाको तेज हावा र भारी वर्षाका क्रममा मृत्यु भएकाे छ। आँधीबेहरीपछि उद्धार टोलीहरू पानीले भरिएका अस्थायी पालहरूमा खटिएर पानी निकासी र नाली सफा गर्ने काम गरिरहेका छन् । तर पर्याप्त स्रोत र उपकरणको अभावका कारण राहत कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको जनाइएको छ ।
अधिकारीहरूका अनुसार धेरै विस्थापित शिविरहरू हिलो र पानीले भरिएका छन्। जसले सर्वसाधारणलाई गम्भीर जोखिममा पारेको हाे । आपत्कालीन कक्षले तत्काल सुरक्षित आवासको आवश्यकता रहेको उल्लेख गरेकाे छ। कठोर मौसमका कारण कमजोर पालहरू नष्ट भएको र क्षतिग्रस्त घरहरू आंशिक रूपमा भत्किएको चेतावनी समेत दिएको हाे ।





प्रतिक्रिया दिनुहोस्