Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


उनेपाका संरक्षक घिसिङ रास्वपामा उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने


2.8k
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ।

संरक्षक घिसिङ रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताकाे नेता बन्ने उहाँकाे सचिवालयले जनाएकाे हाे।१६ प्रतिशत भन्दा बढी समानुपातिककाे हिस्सा लिने गरी सोमबार उनीहरूबीच सहमति भएकाे सचिवालय स्राेतले जानकारी दिएकाे छ।

रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र संरक्षक घिसिङबीच साेमबार साँझ मात्रै आगामी निर्वाचनमा सँगै जाने गरी सहमति भएकाे थियाे ।