Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


सामसङ इनोभेसन क्याम्पसद्वार विद्यार्थीलाई प्रमाणपत्र वितरण


221
Shares

काठमाडाैं। सामसङ इनोभेसन क्याम्पस (एसआईसी)का विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको छ।

सामसङले जुन २७ देखि डिसेम्बर ३१, २०२५ का एआई, बीग डाटा सम्बन्धी कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको हो । सामसङले सामसङ इनोभेसन क्याम्पस (एसआईसी)मार्फत पुल्चोकस्थित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ क्याम्पसको सहकार्यमा विद्यार्थीहरुलाई भविष्यका लागि थप दक्ष बनाउने उद्देश्यसहित विशेष तालिम सञ्चालन गर्दै आएको छ।

क्याम्पसमा साेमबार एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । साथै, सामसङ इनोभेसन क्याम्पसले नयाँ ब्याचको पनि घोषणा गरेकाे छ । सामसङले गत २०२३ देखि आफ्नो प्रमुख ‘सीएसआर’ पहल ‘सामसङ इनोभेसन क्याम्पस’ अन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सञ्चालन गर्दै आएको हो । यो कोर्सले विद्यार्थीलाई भविष्यका लागि आवश्यक दक्षतामा पोख्त बनाइ नेपालको डिजिटल इकनमीमा सघाउ पुर्याउने आफूहरुको लक्ष्य रहेको सामसङका प्रबन्ध निर्देशक चाङ उक जङले उल्लेख गर्नुभयो ।

सामसङ इनोभेसन क्याम्पसले नेपाली युवालाई भविष्यमुखी सिपले सशक्त बनाउँदै आएको दावी गरेको हाे । तालिमका लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान लगायतका आधारमा विद्यार्थीहरूको छनोट गरिने गरेको सामसङले जनाएकाे छ।