Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सरकारले जेनजीलाई धोका दिएकाे अध्यक्ष यादवकाे आराेप


260
Shares

काठमाडाैं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनअघि नै संविधान संशोधन हुनुपर्ने जेनजीका मागलाई सरकारले बेवास्ता गरेको बताउनुभएको छ।

जनकपुरधाममा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पहिला संविधान संशोधन र त्यसपछि मात्रै निर्वाचन गर्नुपर्ने युवाहरुको माग रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले युवाहरुसँग केही दिनअघि मात्रै सम्झौता गरेको तर कुनैपनि कुराहरु अघि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ। उहाँले आन्दोलनकारी युवाहरुको साथमा सरकारले धोका दिएको बताउनुभयो । लोकतन्त्रमा निर्वाचन महत्वपूर्ण रहेको बताउदै उहाँले आफूहरु निर्वाचनमा जान तयार रहेको बताउनुभएकाे छ।

अध्यक्ष यादवले जनता समाजवादी पार्टी, नेपाल निर्वाचनमा जाने बताउनुभयो । मधेशका जनतालाई अधिकार सम्पन्न बनाउन र शिक्षा-स्वास्थ्यको ग्यारेन्टीका निर्वाचन लड्न लागेको उहाँकाे दावी छ।