Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


निर्वाचन अघि नै संसद पुनःस्थापना भए स्वीकार्य हुन्छः नेपाली कांग्रेस


195
Shares

काठमाडाैं। नेपाली कांग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ ।

निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे बन्द सूचीको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यस्ताे बताउनुभएको हो । उहाँले कांग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो। उहाँले नयाँ राजनीतिक शक्तिहरुबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताउनुभएकाे छ।

नेता विश्वकर्माले पूर्वसांसद र मन्त्रीलाई पार्टीले समानुपातिक बन्द सूचीमा नराख्ने समेत बताउनुभयो।