Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आगामी निर्वाचनमा एमालेसँग पनि सहकार्य गरेर जान सकिंन्छ: नेकपा नेता पाण्डे


1.7k
Shares

काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेसँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गर्नुभएको छ।

आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका उहाँले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्नुभएकाे हाे। उहाँले सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताउनुभयाे। नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पार्नुभयो।

नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरुलाई समानुपातिक सूचीमा नराख्ने पार्टीका निर्णय अनुसार बन्द सूची आयोगमा बुझाएको पनि बताउनुभएकाे छ।