११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


एसिड प्रहारबाट घाइते युवतीको मृत्यु


0
Shares

काठमाडौं, असोज ८ । एसिड प्रहारबाट गम्भीर घाइते भएकी रौतहटको चन्द्रपुर नगरपालिकाकी १८ वर्षीया सम्झनाकुमारी दासको मृत्यु भएको छ ।

गत भदौ २६ गते राति एसिड प्रहारबाट गम्भीर घाइते भएकी सम्झनाको उपचारका क्रममा काठमाडौंको कीर्तिपुर अस्पतालमा गएराति ११ बजे मृत्यु भएको हो । इन्फेक्सनका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको शरीरका धेरै ठाउँ र अनुहारमा एसिड परेको थियो ।

अस्पतालले उनको दुई पटक शल्यक्रियासमेत गरेको थियो । घरमा सुतिरहेका बेला राति सम्झना र उनकी बहिनी १५ वर्षीया सुस्मिताकुमारी माथि एसिड प्रहार गरिएको थियो ।

घटनाको ६ दिनपछि प्रहरीले छिमेकी रामबाबु पासवानलाई पक्राउ गरेको थियो । एसिड प्रहारबाट घाइते सुस्मिताको भने उपचार भइरहेको छ । उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ ।