Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


भृकुटीमण्डपमा राष्ट्रिय घर निर्माण मेला जारी

फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा

182
Shares

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा ‘राष्ट्रिय घर निर्माण फेस्ट-२०८२’ जारी रहेकाे छ।

घर निर्माण फाउन्डेसनको आयोजनामा जारी यो फेस्टमा विभिन्न सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाका रुपमा हेरिएको फेस्टले निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोग मार्फत नयाँ उचाइमा पुर्‍याउने उद्देश्य राखेको छ । ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको फेस्टमा २ अर्ब बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।

मेलामा विश्वकै ठूलो इट्टा लगायत निर्माण सामग्री प्रदर्शनीमा राखिएको हाे। नेपालमा निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गएतापनि धेरै ब्रान्डहरूले अझै पनि समान रूपमा ग्रान्ड प्रस्तुत गर्न र ग्राहकसँग प्रभावकारी सम्बन्ध स्थापित गर्न फेस्ट आयोजना गरिएको छ। साेही प्रदर्शनीमा प्रत्यक्ष अन्तरक्रिया तथा ब्रान्डिङ परामर्श मार्फत व्यवसायीले आफ्ना उत्पादन लक्षित ग्राहकसम्म पुर्याउन सक्ने भएका छन्‌ ।

त्यसैगरी, उल्टो घर, डोम हाउस र ६ लाखको घरलाई प्रदर्शनीमा विशेष आकर्षणका रूपमा राखिएको छ ।