काठमाडाैं । अनलाइन जागीरमार्फत रकम कमाउन सकिन्छ भन्दै विभिन्न प्रलोभन देखाएर रकम ठग्ने २ जना पक्राउ परेका छन् ।
गुल्मी धुर्कोट गाउँपालिका-३ हाडहाडे बस्ने २९ वर्षीया एक महिलाको २६ लाख ९६ हजार ६ सय ५२ रुपैयाँ ठग्ने वीरगञ्ज उपमहानगरपालिका-२१ बस्ने वर्ष २६ को श्रवणकुमार पटेल काठमाडाैंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभएकाे हाे।
त्यस्तै, कैलाली लम्कीचुहा नगरपालिका- ६ बस्ने वर्ष ४७ को विष्णुबहादुर रावललाई पनि काठमाडौबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयाे। उनीहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप भई अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।







प्रतिक्रिया दिनुहोस्