काठमाडाैं। नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
सानेपामा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसकाे बारेमा जानकारी गराउनुभएको हो । केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहनुभएका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने उहाँले बताउनुभयो । समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्वपूर्ण काम भएको उहाँकाे भनाइ छ।
प्रवक्ता महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र रास्वपामा प्रवेश गर्नुभएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह दाग नलागेको व्यक्ति नभएको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्