Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


प्रलाेपा र उनेपाबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर हुँदै


12.7k
Shares

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी {प्रलाेपा) र उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच चुनावी सहकार्य हुने भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका र काठमाडाैं महानगरपालिका मेयर बालेन्द्र शाह बालेनसँग सहमतिमा नगएका कुलमानले प्रलोपासँग सहकार्य गर्न लागेका हुन्। दुई पार्टीबीच आइतबार साँझ ६ बजे सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपाले जनाएकाे हाे।

प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् । शर्मा मन्त्री हुँदा नै कुलमानलाई नेपषाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशका बनाउनुभएकाे थियाे।