Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


३ राजनीतिक दलले आयोगमा बुझाए समानुपातिकको बन्द सूची


1.5k
Shares

काठमाडाैं। आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् ।

आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित ३ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका हुन् । तीन वटा राजनीतिक दलहरुले १ सय ३४ जनाको बन्दसूचिीआयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूची पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको उहाँकाेर्जा भनाइ छ। पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेदवारकाे नाम मतदाता नामावलीमा नाम रहेरनरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उहाँले बताउनुभयो ।

निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उहाँको भनाइ छ । उहाँले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताउनुभएकाे छ। सोमबार साँझ ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने उहाँले बताउनुभयो ।

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गर्नुभयो । आयोगले त्यसको लागि राजनितिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उहाँको भनाइ छ। उहाँले संसोधन गर्नुपर्नेमा यहि पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईले पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानूनअनुसार मिलेरनमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताउनुभएकाे छ।