Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


एमालेकाे सचिवालय बैठक च्यासलमा जारी (तस्बिरसहित)


312
Shares

काठमाडाैं । नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक जारी भएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक केही समय अघि मात्रै शुरु भएको हो । बैठकमा मुख्य रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूप दिने एजेण्डा रहेको छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउने अन्तिम मिति आज नै तोकेकाले बैठकले यसलाई प्राथमिकतामा राखेर छलफल गरिरहेको पार्टी स्रोतले जनाएको हाे।

जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र साेही बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाउने तयारी छ । बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सशीला कार्कीसँग भएको छलफलको ब्रिफिङ लगायत विषयमा पनि छलफल हुने जनाइएकाे छ।

महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको यो पहिलो सचिवालय बैठक भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ ।