Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


रवि र बालेनबीचकाे सम्झौताप्रति जसपा नेपालको आपत्ति


3.1k
Shares

काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको सम्झौता स्वभाविक भए पनि संघीयता- धर्मनिरपेक्षता जस्ता आधारभुत विषयहरू नसमेटिएको भन्दै आशंका व्यक्त गर्नुभएको छ।

जनकपुरमा आइतबार संचारकर्मीसँग कुरा गर्दै नेता सुमनले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले जेनजी आन्दोलनका माग र यथास्थितिबाट देश परिवर्तन गर्नुपर्ने आम जनताको चाहनाअनुसार दुई शक्तिबीचको सम्झौता स्वभाविक भएको पनि बताउनुभयो । उहाँले रास्वपा सभापति रवि लामिछाने र महानगर प्रमुख बालेनले सम्झौतामा संघीयता र धर्म निरपेक्षताको विषय लेख्न लजाएको आरोप पनि लगाउनुभएकाे छ। बालेन जस्तो चर्चित व्यक्तित्व रास्वपाको कार्यकर्ता बन्न तयार हुनु रास्वपाका लागि सौभाग्यको विषय भएपनि रास्वपाको नीतिगत ठिक नभएको उहाँको तर्क छ। उहाँले रास्वपा संघीयता विरोधी गतिविधिमा संलग्न रहेको कारण थप आशंका उत्पन्न गरेको बताउनुभयो ।

नेता सुमनले निर्वाचन नै नभएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने कार्य हाँस्यास्पद भएको टिप्पणी गर्नुभएकाे छ।